Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

    तीनकुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 750
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको तीनकुनेमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा झापा घर भई हाल भक्तपुरको चारदोबाटो बस्ने २५ वर्षीय रोमित रिजाल रहेका छन् ।



    उनलाई उपचारको लागि सिभिल अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।



    घाइते भएका मोटरसाइकलमा पछाडि सवार सप्तरीको अग्निसायर गाउँपालिका घर भई हाल भक्तपुरको दुवाकोट बस्ने २२ वर्षीय उदित चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ ।

    कोटेश्‍वरबाट सिनामङ्गलतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८ ४० नम्बरको बसले बानेश्‍वरबाट कोटेश्‍वरतर्फ जाँदै गरेको बा८१प २७ ९९ नम्बरको मोटरसाइकललाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो ।
    दुवै सवारी साधनसहित बस चालक नियन्त्रणमा रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार