Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ

    सरकारविरूद्ध आन्दोलन गर्ने ७ विदेशीसहित १० जना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । सरकारविरूद्ध आन्दोलनमा उत्रिएका १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ७ विदेशी नागरिकसहित १० जना छन् ।

    शनिबार बिहान काठमाडौँको माइतीघरबाट प्रहरीले ३ चिनियाँसहित ७ विदेशी र ३ नेपाली नागरिक गरी १० जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपाेखरीले जनाएकाे छ।



    पक्राउ पर्नेमा चीनका दुई महिला र एक पुरुष, एक अमेरिकी महिला, एक क्यानाडियन महिला, एक अस्ट्रेलियन पुरुष र तीन जना नेपाली छन्।



    महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुलाई सरकार विरोधी प्लेकार्डसहित पक्राउ गरिएको हो ।

    नेपालको संविधान अनुसार विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि प्रकारका आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन पाउँदैनन् । आन्दोलनमा उनीहरुको घुसपेठ भएको प्रहरीले आशंका गरेको छ।

    अर्कोतिर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

    प्रदर्शनकारीहरुले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेकोमा  सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब खर्चको हिसाब मागेका हुन  ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार