Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बीबीसीको प्रभावशाली सय महिलाकाे सूचीमा बलिउड अभिनेत्री चोपडा पनि समावेश

    बीबीसीको प्रभावशाली सय महिलाकाे सूचीमा बलिउड अभिनेत्री चोपडा पनि समावेश

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 987
    SHARES

    काठमाडौं । बीबीसीले सन् २०२२ का लागि विश्वभरिबाट सय जना प्रेरणादयी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

    जसमा विश्व सङ्गीतकी चर्चित व्यक्तित्व बिली आयलिस, युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्का, अभिनेत्री प्रियङ्का चोपडा जोनस र सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा, इरानी आरोही इल्नाज रेकाबी, कीर्तिमानी ट्रीपल जम्प खेलाडी युलिमार रोहास, घानाकी लेखिका नाना डार्कोका सेकिआमाहलगायत रहेका छन् ।



    यो सूचीले सन् २०२२ मा विश्वभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरेको बीबीसीले जनाएको छ । बीबीसीले हरेक वर्ष विश्वभरका एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । यो सूची दशौँ संस्करण हो ।



    अन्तिम नाम सार्वजनिक गर्नुअघि सूची तयार पार्दा क्षेत्रीय प्रतिनिधित्वको सन्तुलनका साथै उपयुक्त निष्पक्षताको आधारलाई पनि ध्यानमा राखिएको बीबीसीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार