Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • आन्दोलनमा घुसपेठ, सरकार विरोधी प्लेकार्डसहित बिदेशी नागरिक पक्राउ

    आन्दोलनमा घुसपेठ, सरकार विरोधी प्लेकार्डसहित बिदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.3K
    SHARES

    दुई दिन अघि बालुवाटारमामा भएको प्रदर्शनमा सर्वसाधारणहरु। तस्बिर: मनोज आत्मिय

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डला क्षेत्रबाट प्रहरीले पाँचजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    आज बिहान उक्त क्षेत्रमा प्रदर्शनको तयारीमा रहेका उनीहरुलाई उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



    अमेरिकी,  चिनियाँ,  फ्रेन्च,  क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले वतायो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुलाई सरकार विरोधी प्लेकार्डसहित पक्राउ गरिएको हो ।



    नेपालको संविधान अनुसार विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि प्रकारका आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन पाउँदैनन् । आन्दोलनमा उनीहरुको घुसपेठ भएको प्रहरीले आशंका गरेको छ।

    अर्कोतिर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

    प्रदर्शनकारीहरुले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेकोमा  सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणको नाममा भएको १० अर्ब खर्चको हिसाब मागेका हुन  ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार