Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आज संसदबाट नेपालको नयाँ नक्सा पारित हुँदै

    आज संसदबाट नेपालको नयाँ नक्सा पारित हुँदै

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपालको सार्वभौम संसदले आज लिम्पियाधुरा, लिपुलेक, कालापानी, कुटी, गुञ्जी, नावीसहित समेटिएको नक्सा अनुमोदन गर्दैछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकबाट नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।



    छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार