Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • रुसी तेलको मूल्यमा ‘क्याप’ लागेपछि तत्काल कच्चा तेलको उत्पादन नबढ्ने

    रुसी तेलको मूल्यमा ‘क्याप’ लागेपछि तत्काल कच्चा तेलको उत्पादन नबढ्ने

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 864
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ ।

    नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।



    ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो । ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो ।



    तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा धेरै नहुने गरि क्याप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार