दोलखा । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की निर्वाचित भएका छन् ।
उनले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे ।
एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याए । कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।
यहाँ कुल ८४ हजार ४४८ मत खसेको थियो । जसमा ३४७९ मत बदर भएको बताइएको छ ।
Leave a Reply