दोलखा । निकै तीव्र प्रतिस्पर्धा भइरहेको दोलखामा प्रतिनिधिसभा तर्फको मतगणना रोचक बन्दै गएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच तीव्र प्रतिस्पर्धा छ । उनीहरुबीच छिनछिनको क्रम जारी छ ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता बनाएका छन् । यसअघि शिवाकोटी ३६ मतान्तरले अघि थिए । कार्कीले ३५ हजार ७९० मत ल्याए ।
शिवाकोटीले ३४ हजार ५९५ मत पाए । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।
Leave a Reply