Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रुकुम घटना : केटाकेटीबीच सम्पर्क भएको देखिएन

    रुकुम घटना : केटाकेटीबीच सम्पर्क भएको देखिएन

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    रुकुम । चौरजहारी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी केटी र जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विकबीच गत बैशाखदेखि कुनै पनि माध्यमबाट कुरा नभएको प्रहरी अनुसन्धानमा देखिएको छ । वैशाखमा केटी लिनको लागि नबराज केटीको घर आएको बेला उनलाई प्रहरी हिरासतमा थुनिएको थिए । अनावश्यक घरमा आएको भन्दै वडाध्यक्ष मल्ले नै प्रहरीलाई खबर गरेर इलाका प्रहरी कार्याय चौरजहारीमा एक रात थुनिएको थियो । जात नमिल्ने भएकाले बिहे हुन नदिने भन्दै केटी केटीका आफन्तले उनीहरुको सम्बन्ध अस्वीकार गर्दै आएका थिए । त्यसपछि केटा र केटीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहे पनि गत वैशाख १२ गतेदेखि फोन तथा म्यासेन्जरमार्फत कुरा नभएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

    अहिले प्रहरीले केटा र केटीका साथै उनीहरुका आफन्तले प्रयोग गर्दै आएको मोबाइलको कलडिटेलको अनुसन्धा गरिरहेको छ । उक्त कलडिटेलमा केटा र केटीबीच कुरा नभएको देखिएको ती प्रहरी प्रहरी अधिकारीले बताए । ‘बैशाख १२ गते केटाकेटीबीच अन्तिम कुरा भएको देखियो,’ प्रहरी अधिकारीले भने, ‘त्यसक्रममा केटीले आफूलाई अनेत्रै बिह गर्न बाध्य पारेका छन् अब जेठ १२ गते थाहा हुन्छ भन्दै केटालाई भनेको कल डिटेलमा देखिन्छ ।’ त्यपछि फेसबुक तथा फोनमार्फत कुनै पनि कुरा नभएको प्रहरीले बताएको छ ।



    घटनाको अनुसन्धान गर्नका लागि अहिले एसएसपी पोषराज पोखरेलका साथै सिआइबीको टोली पनि रुकुममा रहेको छ । यी सबैले रुकुम प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग गर्दै आएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । घटनाको सुष्म ढंगबाट अनुसन्धान भइरहेकाले पीडितले न्याय पाउने उनको विश्वास छ ।



    ‘हामीले स्वतन्त्र रुपमा सुष्मा ढंगले अनुसन्धान गरिरहेका छौं,’ डिएसपी केसीले भने, ‘घटनाको अनुसन्धान नसकिएकाले अहिले नै केही बोल्ने अवस्था आएको छैन ।’ घटनाका संलग्न रहेको आरोपमा अहिलेसम्म २८ जनालाई पक्राउ गरिएको उनले बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित, प्रेम सम्बन्ध राखेकी मल्ल थरकी केटी, उनका बुबा, आमाका साथै अन्य घटनामा संलग्न रहका सबैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

    सडकदेखि संसद्सम्म बहस

    उक्त घटनाको अहिले सडकदेखि संसदसम्म छलफल तथा बहस भइरहेको छ । कसरी उक्त घटना भयो भन्ने विषयमा विभिन्न रुकुम प्रहरीले सुष्म ढंगबाट अनुसन्धान गरिरहेको छ ।

    यसका साथै गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको छानबिन समितिले घटनास्थलको निरीक्षणपछि मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ । यी बाहेक प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति समेत गठन भएको छ । उक्त समिति बिहीबारसम्म घटनास्थल पुगेको छैन । यसअघि कर्णाली प्रदेशसभाका दलित सांसद्, मानव अधिकारकर्मी, विभिन्न जातीय संगठन लगायतले पनि आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई बुझाएका छन् । नागरिक दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार