Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस नेता चन्द्र भण्डारी भन्छन् – मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्नु हो

    कांग्रेस नेता चन्द्र भण्डारी भन्छन् – मेरो पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्नु हो

    नेतृत्व नफेरेसम्म देशको विकास सम्भव छैन

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 909
    SHARES

    रूपन्देही । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् ।

    शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने समेत बताए ।



    बहुदलीय व्यवस्था ल्याएको ३० वर्ष पुग्दा पनि जनताको जीवनस्तर जहाँको त्यहीँ रहेको भन्दै उनले परिवर्तन गर्नका लागि भ्रष्टाचार नै रोक्नुपर्ने उनको भनाई छ ।



    शनिबार बुटवलमा प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रममा वर्तमान पार्टीका नेतृत्वहरुबाट अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने बताए ।

    उनले भने, ‘३० वर्षदेखि नेतृत्व गरेकाहरूबाट मुलुकले निकास पाउदैन, अब नयाँ नेतृत्व नयाँले पाउनुपर्छ, हामीले त्यो घोषणा गरेर चुनावमा गएका हौं अब कार्यान्वयनको लागि पहल गर्छौं।’

    गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारीले अब सबै पार्टीबाट नयाँ क्षमतावानले अवसर पाएर नै देशको विकास गर्ने बताए ।

    अहिलेको नेतृत्वबाट चुनौतीको समाधान गर्न नसक्ने प्रष्ट भएको बताउँदै नेता भण्डारीले आफ्नो विचार समूहबाट नयाँ जोसका साथ निर्वाचित भएको बताए ।

    वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरु नेतृत्वमा आउनुपर्ने र त्यो उसको उमेरले नभई क्षमतामा निर्भर हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार