धनुषा । धनुषामा जन्ती बोकेको विङ्गर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा बा १ ज ८३९६ नम्बरको विङ्गर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् । पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एसकुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, १३ वर्षीया सृजन साह, १८ वर्षीया मञ्जु साह र सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको प्रादेशिक अस्पताल धनुषामा उपचार भइरहेको बताइएको छ ।
Leave a Reply