Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • रेनु दाहाललाई कोरोना संक्रमितको प्रश्न- हामीलाई आइसोलेसनमा राखेको हो की सुइमिङ पुलमा ?

    रेनु दाहाललाई कोरोना संक्रमितको प्रश्न- हामीलाई आइसोलेसनमा राखेको हो की सुइमिङ पुलमा ?

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3K
    SHARES

    चितवन। भरतपुर महानगरपालिकामा मेयर रेनु दाहालको पहलमा बनाइएको अस्थायी कोभीड अस्पतालको आइसोलेसन वार्डको अवस्था नाजुक बनेको छ।

    संक्रमितहरुका लागि यातना केन्द्रको रुपमा रुपान्तरित हुँदा पनि महानगरपालिकाले कुनै चासो नदेखाएको भन्दै वार्डमा रहेका संक्रमितहरुले दुखेसो पोखेका छन्।



    माडी नगरपालिकाबाट ल्याइएका ६ जना कोरोना संक्रमितहरुलाई ५ दिनदेखि भरतपरको अस्थायी कोभीड अस्पतालमा राखिएको छ। यातना केन्द्र झै रहेको सो आइसोलेसन वार्डमा शौचालयबाट आएको पानी समेत भरिएको एक संक्रमितले खिचेर सार्वजनिक गरेको भिडियोमा प्रष्ट देखिएको छ।



    आइसोलेसन वार्ड भनेर राखिएको कोठामा पानीले भरिएको छ। उनले आफूहरुलाई आइसोलेसनमा  हो की सुइमिङ पुलमा राखेको भनेर भिडियोमा नै प्रश्न गरेका छन् ।

    आइसोलेसन वार्डमा राखेकै दिनदेखि वार्डको  बारेमा बताएपनि कसैले पनि ध्यान नदिएपछि वार्डको दुरावस्था र आफूहरु कसरी बसेको छ भन्ने बाहिरका व्यक्तिले थाहा पाउन भनेर भिडियो खिचेर सार्वजनिक गरेको ति संक्रमितले बताए।

    उक्त अस्थायी अस्पतालको अनियमितताको कुरा सार्वजनिक भएपछि अख्तियारले सबै कागजपत्र लगि अनुसन्धान शुरु गरेको बताएको छ।

    महानगरले बनाएको यहि अस्पतालको सामान रातारात चोरेको आरोपमा अहिले महानगरपालिकाकै कर्मचारीहरु बिरुद्ध प्रहरीमा उजुरी परेको छ।

    चोरीमा संलग्नहरुलाई महानगरपालिकाकै मेयर दाहालले संरक्षण दिएको आरोप पनि लागेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार