Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • प्रमुख आयुक्त थपलिया भन्छन् – मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ

    प्रमुख आयुक्त थपलिया भन्छन् – मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 825
    SHARES

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने दाबी गरेका छन् ।

    शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरू मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको जानकारी दिए ।



    थपलियाले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेश हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार