Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • देशभर सरकारविरुद्ध प्रदर्शन बढेपछि पोखरेलले दिए यस्तो चेतावनी

    देशभर सरकारविरुद्ध प्रदर्शन बढेपछि पोखरेलले दिए यस्तो चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । देशभर सरकारबिरुद्द प्रदर्शन हुन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)का संयोजक तथा उपप्रधानमन्‍त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन्।

    सरकारविरुद्ध भइरहेको प्रदर्शनबारे पोखरेलले वक्तव्य जारी गर्दै  सरकार र सीसीएमसी निर्देशक समितिको ध्यानाकर्षण भएको जनाएका हुन।



    पोखरेलले कोरोना उपचारमा खर्च भएको रकमको फाँटवारी (हिसाब) छिट्टै सार्वजनिक हुने दाबी गरेका छन् । उनले पीसीआर टेष्टको दायरा बढाउने निर्णय भइसकेको र क्वारेन्टिन पनि सुधार गर्दै जाने पनि जनाएका छन् ।



    लकडाउन खुकुलो बनाउने निर्णय भइसकेकाले सामाजिक दुरी कायम राख्नु र कोरोनाको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु सबैको दायित्व भएको उनले बताएका छन् ।

    थौरै पनि असावधानीका कारण संक्रमणले भयावह महामारीको रुप लिनसक्ने खतराप्रति सजग हुन भन्दै उनले चेतावनी समेत दिएका छन् ।

    कोरोनाको नाममा १० अर्ब घोटाला गरिएको , पीसीआर टेष्टको दायरा नबढाइएको लगायतका विभिन्न माग राखेर भइरहेको आन्दोलनले अहिले ठुलो रुप लिने संकेत देखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार