काठमाडौं । दोलखामा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो ।
अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् ।
त्यस्तै, एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।
दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।
Leave a Reply