Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • लकडाउनमा बिना पास गाडी चलाउँदै हिंड्ने चिनियाँ नागरिक पक्राउ

    लकडाउनमा बिना पास गाडी चलाउँदै हिंड्ने चिनियाँ नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2K
    SHARES

    काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले लकडाउन उल्लंघन गरेको आरोपमा एक चिनियाँ नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख श्याम ज्ञवालीका अनुसार चिनियाँ नम्बर प्लेटको ए ५ यू ६८८ नम्बरको सवारीमा चिनियाँ नागरिक वाङ यु म्याङ र नेपाली नागरिक अनिश मल्ललाई प्रहरीले पक्राउ गरेको हो।

    लकडाउनमा बिना पास गाडी चलाउँदै हिंड्ने उनीहरुलाई बिजुलीबजारबाट पक्राउ लिइएको प्रहरीले जनाएको छ।



    बरामद चिनियाँ नम्बरको सवारीसाधन लकडाउन अघि नै काठमाडौं भित्रिएको थियो। प्रहरीले पक्राउ परेका दुवैलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार