एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कतारमा जारी फिफा विश्वकप २०२२ मा चर्चामा छन् ।
पोर्चुगलले राउण्ड–१६ मा आफ्नो स्थान पक्का गरिसकेको छ र अब उसको नजर विश्वकप जितेर इतिहास रच्नेमा छ ।
यसैबीच, क्रिस्टियानो रोनाल्डो फ्रेन्चाइजी फुटबलको लागि हेडलाइन बनिरहेका छन् किनभने उनलाई ऐतिहासिक सम्झौताको प्रस्ताव गरिएको छ।
३७ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबमा ट आबद्ध हुने प्रस्ताव आएको छ ।
यो अफर २०२३ देखि २०२५ सम्मको लागि हो।
साउदी अरेबियाको क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ६० करोड युरो दिने प्रस्ताब गरेको छ । यो पूरै सम्झौता भारतीय रुपैयाँ अनुसार ४ हजार करोडभन्दा बढीको हो ।
Leave a Reply