Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • ‘एक करोडको कार्पेट, ३ करोड जनता हेप्ने’ भन्दै प्रदर्शन

    ‘एक करोडको कार्पेट, ३ करोड जनता हेप्ने’ भन्दै प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । सरकारविरुद्ध आज पनि देशका बिभिन्न स्थानहरुमा  प्रदर्शन भएका छन्।  कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै प्रदर्शन भएको हाे।

    शुक्रबार बसन्तपुरमा पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरे । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।



    उनीहरुले एक करोडको कार्पेट, ३ करोड जनता हेप्ने भन्दै राष्ट्रपति पूर्व संचारमन्त्री गोकुल बाँस्कोटालाई व्यङग गरेर प्रदर्शन गरेका हुन।



    बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

    शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । बुटवलमा शुक्रबार सरकारविरुद्ध प्रदर्शन भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार