Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारवाहीमा

    क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारवाहीमा

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारवाहीमा परेका छन् ।

    बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारीसाधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।



    ३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारीसाधनमा बढी भएको सामान भने कारवाहीस्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार