काठमाडौं । राजस्व अनुसन्धान विभाग र प्रहरीले न्युरोडका कपडा गोदामहरुमा छापा मारेको छ ।
राजस्व छलीको आरोपमा गोदाममा छापा मारेर त्यहाँ काम गर्ने केही कर्मचारीलाई विभाग र प्रहरीको टोलीले पक्राउ गरिएको हो ।
गोदामका सञ्चालक अनिल अग्रवाल र गिरिधारी अग्रवाल सम्पर्कविहीन बनेका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, राजीव अनुसन्धान विभाग र जनसेवा प्रहरीको संयुक्त टोली गोदाममा छापा मार्न बिहीबार मध्याह्नतिर न्युरोड पुगेका थिए ।
गोदाम सञ्चालकको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आधा दर्जनजति राजस्व छली गरेर ल्याइएका कपडा गोदाममा लुकाएर राख्ने र त्यहीबाट बजारमा पठाउने गरेको पाइएपछि राजस्वले अनुसन्धान अघि बढाएको थियो ।
राजस्व छलीका कपडाको लगत संकलन भइरहेको जनाइएको छ ।
Leave a Reply