Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछानेले भने – हामी भुईँ मान्छेका मान्छेहरू हौँ, भुईँ छोड्ने कुरै आउँदैन

    रवि लामिछानेले भने – हामी भुईँ मान्छेका मान्छेहरू हौँ, भुईँ छोड्ने कुरै आउँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । चितवन २ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काम गराउन फिल्डमा खट्नु पर्ने बताएका छन् ।

    खानेपानीको मुहानमा पुगेका लामिछानेले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताएका हुन् ।



    उनले लेखेका छन्, ‘हो, विधायकको काम नीति निर्माण मा नै ध्यान दिने हो तर काम गर्नरगराउन फिल्डमा खट्नु पनि पर्छ। हामी भुईँ मान्छेका मान्छेहरू हौ, भुईँ छोड्ने त कुरै आउँदैन नि।



    हामी आगो नलागोस् भन्ने कामना मात्र गर्दैनौँ आगो लागिहाले निभाउन पनि पुग्छौँ। नीतिहरू कागजमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनु पर्छ। त्यसैले हामी संसद र सडक दुवै तिर हुन्छौँ। हामी यस्तै छौँ ।’

    लामिछानेले आफू निर्वाचित भएको दिनदेखि नै काममा लागेको बताएका थिए । अहिले उनी आफ्नो निर्वाचन क्षेत्रमा रहेको खानेपानी समस्याको समाधानका लागि लागिरहेका छन् ।

    लामिछाने चितवन २ मा ४९ हजार २६१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिनिधि सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १५ हजार ९९ मत ल्याएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार