Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • फिफा विश्वकपमा अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो

    फिफा विश्वकपमा अन्तिम १६ का आठ टोलीको टुंगो लाग्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 729
    SHARES

    काठमाडौं । फिफा विश्वकप अन्तर्गत हालसम्म चारवटा समूहका खेलहरू समाप्त भएका छन् । यी चार समूहबाट अन्तिम १६ मा प्रवेश गर्ने ८ वटा टोलीको टुंगो लागिसकेको छ ।

    बुधबार राति समूह सी र डीका खेलहरु सम्पन्न भए । समूह सीबाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।



    त्यस्तै, समूह डीबाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् । अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियाको ४ डिसेम्बरको बिहान सामना गर्नेछ भने फ्रान्स र पोल्याण्डबीच भिडन्त हुनेछ ।



    यसअघि समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भएको थियो ।

    उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् । अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ ।

    अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ । दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ ।

    त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार