काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् ।
बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् ।
३ अंक जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ । पुछारमा रहेको क्यानाडाले अंक जोड्न सकेको छैन । बिहीबारको खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।
यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अंक जोडेको छ । जापान र कोस्टारिकाको ३–३ अंक छ भने जर्मनीको १ अंक मात्रै छ ।
यो समूहका सबै चार टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ ।
Leave a Reply