Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन

    पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 1.1K
    SHARES

    डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको बुधबार राति निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको हो।

    बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।



    उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको जिल्ला अस्पतालका डा सोहन शाहले बताए।



    जोशी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार