Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • सुकुम्बासी प्रकरण : नगर प्रहरीमाथि आक्रमण गर्ने चार जनाविरुद्ध अनुसन्धान गर्न निर्देशन

    सुकुम्बासी प्रकरण : नगर प्रहरीमाथि आक्रमण गर्ने चार जनाविरुद्ध अनुसन्धान गर्न निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 738
    SHARES

    काठमाडौं । काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।



    सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकूमा उजुरी गरेको थियो ।



    उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन लागिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार