सुनसरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत अहिले मतगणना भैरहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ ।
उनका पक्षमा २६ हजार ९९८ मत खसेको छ । दोस्रो स्थानमा नेकपा एमालेका जगदिश कुसियैत छन् । उनले २६ हजार ७५३ मत पाएका छन् ।
पछिल्लो समय कुसियैतले मतान्तर घटाइरहेका छन् । अहिले कार्की र कुसियैतको मतान्तर २४५ मात्रै छ ।
हाल भोक्राहा नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को ५ हजार ६९४ मतगणना भइरहेको छ ।
Leave a Reply