Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रदेश तथा जिल्ला समन्वय समितिलाई उपेन्द्र यादवको निर्देशन – चुनावी समीक्षा प्रतिवेदन १५ दिनभित्र बुझाउनू

    प्रदेश तथा जिल्ला समन्वय समितिलाई उपेन्द्र यादवको निर्देशन – चुनावी समीक्षा प्रतिवेदन १५ दिनभित्र बुझाउनू

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 807
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि र प्रदेशसभा चुनावको समीक्षा गरी प्रतिवेदन बुझाउन प्रदेश तथा जिल्ला समन्वय समितिलाई निर्देशन दिएका छन् ।

    मंसिर ४ गते सम्पन्न चुनावमा पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं आफै पराजित भएका यादवले पार्टीमा चुनावी समीक्षा गरी प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।



    उनले सबै प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई १५ दिनभित्र चुनावी समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन भनेका छन् ।



    जसपा र नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो । उसले प्रत्यक्षमा ७ सिट जितेको छ ।

    अध्यक्ष यादवले प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समन्वय समितिहरुलाई पत्र लेखेर जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठक राख्न भनेका छन् ।

    निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई समेत राखेर विश्लेषणात्मक समीक्षा गरेर त्यसको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन यादवले निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार