अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिएका १९ जनाको जमानत जफत भएको छ ।
जस अन्तर्गत प्रतिनिधि सभाका ९ र प्रदेश सभा (क) र (ख) का ५-५ जना गरी जम्मा १९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले जानकारी दिएका छन् ।
जिल्लामा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएका छन् ।
सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था रहेको छ ।
अर्घाखाँचीमा १ लाख ६४ हजार ७ सय ६८ मतदाता रहेकोमा ९० हजार ९ सय ८९ मत खसेको थियो ।
Leave a Reply