काडमाडौं । नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले काठमाडौं उपत्यकाका सुकुम्वासी समस्या समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा रहेका सुकुम्वासी बस्ती हटाउन खोजे पनि अवरोध भएपछि उनले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गरेर सहजीकरण गर्दा राम्रो हुने बताएका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘आवासविहीन सुकुम्बासीको संवेदनशील प्रश्नमाथि कसैले छुद्र राजनीति नगरौँ ।
मेरो पालामा सुरु भएको काठमाडौं उपत्यकाका सुकुम्वासी र न्यून आय भएका नागरिकको आवास व्यवस्थासम्बन्धी सरकारी निर्णय र भवन निर्माणका कार्यमा टेकेर यो समस्या दीर्घकालीन रूपले समाधान गर्न राज्यका सबै अंगले सहकार्य गरून् ।
मेरो पालामा झैँ तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयोजन गरेर यो मामिलामा सहजीकरण गर्दा हुन्छ।’
उनीहरूको व्यवस्थापनको उत्तम विकल्प नागार्जुन नगरपालिकामा बनाइएको कम्पार्टमेन्ट रहेको उनको भनाइ छ ।
Leave a Reply