Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आक्रमण गर्न आएका भारतीयमाथि सशस्त्रले गोली चलाउँदा एकको मृत्‍यु

    आक्रमण गर्न आएका भारतीयमाथि सशस्त्रले गोली चलाउँदा एकको मृत्‍यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल भारत सीमा क्षेत्र सर्लाहीमा भारतीय नागरिक र सशस्त्र प्रहरीको टोलीबीच झपड भएकाे छ। झडपमा परी एक जनाको मृत्यु भएको भने ६ जना घाइते भएका छन्। झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीन जना गरी ६ जना घाइते भएका छन् ।

    भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप हुँदा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हाे ।



    सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय पक्षका ती जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’



    सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।

    ‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्ने नै भए, त्यस क्रममा सुरक्षाकर्मीलाई हातपात गरेर हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने ।

    प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

    यसअघि झापा बारा लगायतका विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा  भारतीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार