साउदी । कोरोना भाइरसबाट प्रभावित भइ अलपत्र परेका नेपालीहरु निराश बनेका छन्। बिहीबार सरकारले निर्धारण गरेको हवाई टिकटको मूल्य देखेर उनीहरु निराश बनेका हुन ।
साउदीमा रियाद, दमाम, र जेद्धा शहरका लागि सरकारले नेपाल फर्कन चार्टर उडान निर्धारण गरेको छ । एकतर्फी हवाई टिकटको मूल्य नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । नेपाल एरलाइन्स र हिमाल एरलाइन्सबाट नेपाली स्वदेश फर्काउने तयरी छ ।
साउदीमा अहिले साना तथा मझौला कम्पनीहरू बन्द भएका छन् । कतिपय बन्द हुने अवस्थामा छन भने ठूला कम्पनीले कामदार र तलब कटौती गर्न सुरू गरेका छन् ।
यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई खान, बस्न पनि समस्या छ भने कोरोना भाइरसबाट संक्रमित भएकाहरू समयमा नै उपचार नपाउँदा मर्नुपर्ने अवस्था छ । स्वदेश फिर्ताका लागि हवाई टिकटको मूल्य देखेर कसरी नेपाल जाने भन्ने चिन्तामा उनीहरु डुबेका छन् । यसबाट अलपत्र परेका नेपालीमा रहेको झिनो आशा पनि मरेको छ।
साउदीमा रहेका विभिन्न भातृसंगठन, एनआरएन, सामाजिक सघं संस्थाले टिकटको मूल्य कम गर्न आह्वान गरेका छन् ।
साउदीमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा बढेको छ दैनिक ३ हजार भन्दा बढि संक्रमित भएका फेला परिरहेका छन् । जसबाट साउदीमा कार्यरत लगभग १५०० भन्दा बढी नेपाली संक्रमित हुनुको साथै १० भन्दा बढीको मृत्यु भएको छ । ६० भन्दा बढि नेपाली मृतकका शवहरू साउदीमा छन्
Leave a Reply