Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • सेयर बजारमा सामान्य अंकको वृद्धि, करोडमा झर्‍यो कारोबार

    सेयर बजारमा सामान्य अंकको वृद्धि, करोडमा झर्‍यो कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । मंगलबार बजार परिसूचक नेप्से २.९९ अंक (०.१५ प्रतिशत) ले वृद्धि भएर १९५३.३५ अंकमा बन्द भएको छ ।

    गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो ।



    मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ ।



    दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो ।

    तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।

    जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ ।

    मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    मंगलबार कारोबार भएकामध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य ६.१० प्रतिशतले वृद्धि हुँदा एनसीसी बैंकको सेयर मूल्य ५.०५ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्डको इकाइ मूल्य ४.१८ प्रतिशतले बढेको छ ।

    यता एनआईसी एशिया ब्यालेन्स फण्डको इकाइ मूल्य सर्वाधिक ४.६० प्रतिशतले गिरावट हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ३.६८ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ३.६३ प्रतिशतले गिरावट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार