माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्यु ,
कोरोना भाइरस(कोभिड -19)का कारण एसइई दिने विद्यार्थीहरुको हकमा २०७७/०२/२८ का दिन तपाई र तपाईको टिमले लिनु भएको निर्णयको हामी सम्पुर्ण विद्यार्थीहरु कदर र धन्यबाद ब्यक्त गर्दछौ ।
तर, हामी प्लस टु र विश्वविद्यालयका बिधार्थीका हकमा चै कहिले निर्णय आउँछ मन्त्री ज्यू?
प्लस टु र विश्वविद्यालयको हकमा के हुन्छ मन्त्री ज्यु? हाम्रो समय पनि एसइईका विद्यार्थीहरुको जत्तिकै महत्वपूर्ण छ।
जोखिम सबैतिर भएको कारण देशका कर्णधार सम्पुर्ण विद्यार्थीहरुलाई परेको अन्योल र असहजताको शिघ्र अन्त गरियोस् । प्लस टु र विश्वविद्यालयहरुको हकमा पनि निर्णय गरौं परिक्षा तालिका सार्वजनिक भएर परीक्षा संचालन हुने स्थिती निकट भविष्यमा पनि नरहेको हुनाले सम्पुर्ण विद्यार्थीहरु इन्तु न चिन्तु बनेको अवस्था छ। हामी सरकारको प्रस्ट धारणा चाहन्छौ l
एसइई को लागि निर्णय लिँदा प्लस टु र विश्वविद्यालय को पनि त उही हुनु पर्ने होइन र? सबै आमाबाबुलाई आफ्नो छोराछोरीर प्यारो हुन्छन्।
सर, हाम्रो पनि परिक्षा नदिदैमा केही फरक पर्दैन जस्तो लाग्छ मलाई र के विद्यार्थीको क्षमता परिकक्षाले प्रष्ट होला र सर? एदी परिक्षा नै लिने भए कहिले लिने कसरि लिने ,कुन माध्यमबाट लिने हो ? त्यो प्रस्ट पारिदिए हामी मानसिक रुपले पनि त्यसको तयारी गर्थ्यौं l
अहिले अन्योलको बिचमा हामी बिधार्थीहरु मानसिक तनाब झेली रहेका छौ हाम्रो पिडा सरकारले बुझ्ने कि नबुझ्ने ?
त्यसैले माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री ज्युले प्लस टु र विश्वविद्यालयका अन्योलमा र मानसिक तनाबमा रहेका बिधार्थीहरुको हकमा पनि निर्णय लिनु हुन्छ भन्नेमा हामी सम्पूर्ण विद्यार्थीहरु चाहन्छौं र बिस्वस्त पनि छौ ।
Leave a Reply