एजेन्सी । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी छन् ।
विजेता बनेपछि मिडियासँग कुरा गर्दै गुञ्जनले अब डान्ससँगै पढाइ पनि अगाडि बढाउने बताइन् ।
उनले भनिन्, ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुसी छु । मेरो आमाबाबुले म प्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ।’
गुन्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख पनि शीर्ष ३ भित्र पुगेका थिए । रुबिना र फैसलको साथ र उत्प्रेरणाले आफुले शो जित्न सफल भएको गुञ्जनले बताएकी छन् ।
Leave a Reply