काठमाडौं । विश्व सुन्दरी २०१९ की विजेता टोनी एन सिंह नेपाल आइपुगेकी छन् । हिडन ट्रेजरको समन्वयमा टोनी विहिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा उत्रिएकी हुन् ।
हेलम्बुमा उनी ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ पुग्ने कार्यक्रम तय भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले जानकारी दिए ।
सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आएकी हुन् । टोनीले सोर्सिङ गाउँमा एकघण्टा बिताउने कार्यक्रम रहेको अध्यक्ष लामाले बताए ।
त्यहाँका मानिसहरुको जीवनस्तर उकास्न अनुष्काले सीपमुलक कार्यक्रमहरु गरिरहेकी छिन् । टोनी फागुन २३ मा हेलम्बु पुगेर काठमाडौं फर्किेनेछिन् । टोनीको नेपाल बसाई दुई दिनको छ ।
Leave a Reply