काठमाडौं । स्वयम्भुमा राईफल चलाएर एकजना सैनिकले आत्महत्या गरेका छन् ।
स्वयम्भुको छाउनीमा रहेको वीरेन्द्र अस्पतालमा गएराति पौने १२ बजे ड्युटीमा बसेको बेला नेपाली सेनाका प्यूठ डम्बर बहादुर विष्टले गोली चलाएर आत्महत्या गरेका हुन् ।
दुर्गाबक्स गण नारायणहिटी दरबन्दी भएका उनले एक राउण्ड गोली हानेर आत्महत्या गरेका हुन् ।
ड्युटी बसेको बेला सुरक्षाका लागि बाेकेका एसएलआर चलाएर उनले आफ्नो छातिमा गोली हानेको सैनिक अस्पतालमा कार्यरत एक अधिकृतले जानकारी दिए ।
उनका अनुसार बैतडीको सुर्मा गाउँपालिका–५ घर भएका विष्ट छाउनी अस्पतालमा ‘मेडिकल कोर्स’ गरिरहेका थिए ।
Leave a Reply