Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रविधिको दुरुपयोग गरी यसरी ठग्ने क्रम बढ्यो, साईवर व्यूरो भन्छ – सचेत रहनू

    प्रविधिको दुरुपयोग गरी यसरी ठग्ने क्रम बढ्यो, साईवर व्यूरो भन्छ – सचेत रहनू

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्रविधिको दुरुपयोग गरी ठगी गर्ने कार्य बढेको भन्दै सचेत रहन अपिल गरेको छ । सोमबार एक सूचजना जारी गर्दै ब्युरोले आम सर्वसाधारणलाई यस्तो अपिल गरेको हो ।

    विगत केही समयदेखि व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत विभिन्न प्रवृत्ति अपनाउँदै ठगी गर्ने कार्य दिन प्रतिदिन बढेको पाइएको भन्दै सजग रहन सबैमा अनुरोध गरेको हो ।



    ब्युरोका अनुसार अनलाइनमा मात्रै चिनजान भएको साथीले गिफ्ट पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त गिफ्ट प्राप्त गर्न ट्याक्स क्लिअरेन्स गर्नुपर्ने बाहाना बनाई रकम माग हुने गरेको छ ।



    यस्तै चिठ्ठा परेको र उक्त चिठ्ठा प्राप्त गर्नको लागि ट्याक्स क्लिअरेन्सको बाहाना बनाई रकम माग गर्ने गरेको पाइएको पनि ब्युरोले जारी गरेको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार