Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आजदेखि जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन

    आजदेखि जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन

    अनलाइन नेपाल
  • शुक्रबार, ३० जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौँ । आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोर-विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

    तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागु गरिएको छ ।



    ट्राफिक प्रहरीका अनुसार ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना र मोटरसाइकल र स्कुटरमा चालक मात्र भएको खण्डमा त्यस्ता सवारीसाधनलाई रोकिने छैन । लकडाउनको ८१ औँ दिनमा आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार