Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • विश्वकप फुटबल : जर्मनी र स्पेनको रोमाञ्चक बराबरी, क्यानडा बाहिरियो

    विश्वकप फुटबल : जर्मनी र स्पेनको रोमाञ्चक बराबरी, क्यानडा बाहिरियो

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । अल बेयत रङ्गशालामा गएराति भएको खेल १–१ को बराबरीमा सकिएको हो ।

    स्पेनले खेलको दोस्रो हाफमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ६२औँ मिनेटमा स्पेनका अल्भारो मोराटाले गोल गर्दै अग्रता दिलाए ।



    यस्तै, खेलको ८३औँ मिनेटमा जर्मनीका निकलस फुलक्रुगले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरी पछि समूह ुईु मा रहेको स्पेन ४ अङ्कसहित शीर्ष स्थानमा छ भने जर्मनी ३ अङ्कसहित पुछारमा छ ।



    यस्तै, समूह ुएफु का खेलमा मोरक्को र क्रोएसिया विजयी भएका छन् । मोरक्कोले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गर्यो भने क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराएको छ ।

    जितपछि ४ अङ्क जोड्दै क्रोएसिया समूहको शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको यो लगातार दोस्रो हार हो । अङ्कविहीन क्यानडा समूहचरणबाट बाहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार