Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ढुङ्गा लागेर सेनाका अमल्दार गम्भीर घाइते, अवस्था चिन्ताजनक

    ढुङ्गा लागेर सेनाका अमल्दार गम्भीर घाइते, अवस्था चिन्ताजनक

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 786
    SHARES

    हुम्ला । ढुङ्गा लागेर एक जना नेपाली सेनाका अमल्दार गम्भीर घाइते भएका छन् ।

    कर्णाली कोरिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडाको चट्टानी भीर विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर अमल्दार खेमराज पोखरेल घाइते भएका हुन् ।



    बराहदल गुल्म रानी बनका गुल्मपति सुरेन्द्र श्रेष्ठले घटनाको पुष्टि गर्दै आइतबार दिउँसो भीर विस्फोट गर्दा ड्युटीमा खटिएका अमल्दार पोखरेल गम्भीर घाइते भएको बताए । उनको टाउको र दायाँ खुट्टामा गम्भीर चोट लागेको निर्माणमा खटिएको सेनाले जनाएको छ ।



    गम्भीर घाइते पोखरेलको सुर्खेतबाट आएको सेनाको हेलिकोप्टरले उद्धार गरी उपचारका लागि नेपालगन्ज लगिएको छ । गुल्मपति श्रेष्ठले पोखरेलको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार