काठमाडौं । कतार विश्वकप अन्तर्गत मोरक्को र बेल्जियमले पहिलो हाफमा बराबरी खेलेका छन् ।
दोहास्थित अल थुमामा स्टेडियममा खेलको पहिलो हाफ सकिँदा मोरक्को र बेल्जियमले गोलरहित बराबरी खेलेका हुन् ।
पहिलो हाफमा पाएका केही मौका बेल्जियमले सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी भयो । मोरक्कोले पनि केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन।
पहिलो खेलमा खेलमा क्यानडासँग १–० को संघर्षपूर्ण जित निकाल्दै बेल्जियम तीन अंकका साथ समूहको शीर्ष स्थानमा छ ।
पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरी खेलेको मोरक्कोको एक अंक छ ।
Leave a Reply