Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा भएको आयोगको निष्कर्ष, पुनः मतदान हुने

    दोलखाका १० वटा केन्द्रमा बुथ कब्जा भएको आयोगको निष्कर्ष, पुनः मतदान हुने

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 912
    SHARES

    काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

    नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएको थियो ।



    मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका(३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो ।



    आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार