Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने, सपिङ मलहरू खोल्न नपाइने

    सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने, सपिङ मलहरू खोल्न नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। सरकारले लकडाउन खुकुलो पार्न गरेको निर्णय अनुसार सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएका छन् ।

    अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले   सरकारी, शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्र र बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट चल्न दिने  चल्ने वताएका हुन  ।



    खतिवडाले बिहान ८ देखि १ बजेसम्म पहिलो र १ बजेदेखि ६ बजेसम्म अर्को सिफ्ट चल्ने बताए । आवागमन गर्दा यातायातमा भीडभाड नहोस् भनेर र कार्यस्थलमा सामाजिक दुरी (भौतिक दुरी) कायम गर्नका लागि सरकारी, गैरसरकारी, निजी, बैंक तथा वित्तीय क्षेत्रका कार्यालयहरु दुई सिफ्ट सञ्चालन गर्ने निर्णय गरेको पनि उनले वताए  ।



    शुक्रबारदेखि उपत्यकाभित्र र अन्यत्र जिल्लाभित्र निजी सवारी साधन जोर बिजोर प्रणालीअनुसार चलाउन पाइने   छ । यस्तै, पसल र डिपार्टमेन्ट स्टोरहरू खोल्न पाइनेछ । तर सपिङ मलहरू खुला हुने छैनन् ।

    रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

    अन्तर्राष्ट्रिय सीमा नाका भने बन्द नै हुने छन्  । यस्तै सरकारले साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना यात्रा गर्न बन्द गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार