Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेपालस्थित भारतीय राजदूत नविन श्रीवास्तवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

    शनिबार अपरान्ह प्रचण्ड निवास खुमलटार पुगेर राजदूत श्रीवास्तवले प्रचण्डलाई भेटेका हुन् । खुमलटारमा श्रीवास्तवले प्रचण्डसँग झण्डै आधा घण्टा छलफल गरेको बताइएको छ ।



    भेटमा निर्वाचनपछि नेपालमा बन्ने सरकारको बारेमा श्रीवास्तवले जिज्ञासा राखेका थिए भने प्रचण्डलाई बधाई पनि दिएका थिए । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा पनि छलफल भएको बुझिएको छ । प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



    यसखघि राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवालाई पनि श्रीवास्तवले सरकार गठन र निर्वाचन परिणामकै बारेमा जिज्ञासा राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार