Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सुनसरी ४ मा प्रतिनिधिसभाको मतगणना अवरुद्ध

    सुनसरी ४ मा प्रतिनिधिसभाको मतगणना अवरुद्ध

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.3K
    SHARES

    सुनसरी। मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी-४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ ।

    मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।



    सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् ।



    अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४३९ मतका साथ झिनो अग्रतामा छन् ।

    एमाले उमेदवार जगदिश कुसियैतले २३ हजार ३४१ मत पाएका छन् । अब यहाँ ८ क्षेत्रको मत गणना गर्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार