Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • विराटनगरमा पनि सरकारविरूद्द प्रदर्शन: सरकार कि जाग कि भाग !

    विराटनगरमा पनि सरकारविरूद्द प्रदर्शन: सरकार कि जाग कि भाग !

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 3.5K
    SHARES

    विराटनगर । सरकारकाे पछिल्लाे कदमलाइ लिएर विराटनगरमा पनि विरोध प्रदर्शन भएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारको काम प्रभावकारी नभएको भन्दै पूर्वको विराटनगरमा प्रदर्शन भएको हाे।

    त्यस्तै कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध सयाैँकाे संख्यामा जुटेर प्रदर्शन भएको गरेका हुन्।



    प्रदर्शनमा विराटनगरका युवाहरुले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्ब रुपैयाँको हिसाब पनि मागेका छन् । प्रदर्शनकारीले १० अर्ब खोई, आरडीटी होइन पीसीआर परीक्षण, सरकार कि जाग कि छाड आदि लेखिएको प्लेकार्ड बोकेका थिए ।



    बिहीबार र्‍याली निकाल्दै प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका युवाहरुले कोरोना भाइरस संक्रमण परीक्षणका आरडीटी विधिको परीक्षण बन्द गरेर पीसीआर विधिबाट गर्न माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार