काठमाडौं । फिफा विश्वकप फुटबलमा आयोजक कतारले लगातार दोस्रो हार व्यहोरेको छ ।
स्टार खेलाडी मानेबिनाको सेनेगलले उसलाई ३–१ ले पराजित गरेको हो । पराजित भएसँगै कतार समूह चरणबाटै बाहिरिने अवस्थानमा पुगेको छ ।
अब आजै हुने समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सलाई इक्वेइडरले पराजित गर्न सकेन भने आयोजक कतार अन्तिम खेलअघि नै बाहिरनेछ ।
सेनेगलको जितमा डियाले, डिइधिओउ र डिआङले गोल गरे । भने कतारका लागि मुन्तारीले मोहमदको पासमा गोल गरेका थिए । यसअघि पहिलो खेलमा कतारलाई इक्वेइडरले पराजित गरेको थियो ।
Leave a Reply