Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रवि लामिछाने भन्छन् – अब आवश्यक परे गठबन्धन गर्छौं

    रवि लामिछाने भन्छन् – अब आवश्यक परे गठबन्धन गर्छौं

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार निर्माणका लागि गठबन्धन गर्नसक्ने संकेत गरेका छन् ।

    शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन् ।



    ‘हामीले चुनावमा कसैसँग तालमेल वा गठबन्धन गरेनौं,’उनले भने,‘भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन तयार छौं।’



    जारी मतगणनाले सत्ता गठबन्धन र नेकपा एमाले दुवैको बहुमत नपुग्ने परिस्थिति बन्दै गएको छ । लामिछाने नेतृत्वको पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने समानुपातिक तर्फ ६ लाख मत कटाइसकेको छ ।

    लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार