Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको भन्दै  बिरोध

    शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको भन्दै  बिरोध

    अनलाइन नेपाल
  • बिहिबार, २९ जेष्ठ २०७७
  • 5.4K
    SHARES

    काठमाडौं। बालुवाटार अगाडि  भएको शान्तिपुर्ण जुलुसलाई सरकारले दमन गरेको भन्दै  देशभर बिरोध शुरु भएको छ । दमनको बिरोधमा आज पनि प्रदर्शन गरिन लागिएको छ  ।

    मंगलबार कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि गरिएको शान्तिपुर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थीसहित अन्य सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथसाथै पानीको फोहोराले आक्रमण गरेको थियो ।



    प्रदर्शनकारीहरुले आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग राख्दै विरोध  गरेका हुन ।



    त्यस्तै १४ दिनसम्म लक्षण नदेखिएका कोरोना संक्रमितलाई पुनः परीक्षण नै नगरी घर पठाउने सरकारी नीतिको पनि विरोध गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार