Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इटालीमा कोरोनाले मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

    इटालीमा कोरोनाले मृतकको संख्या १०७ पुग्यो, ८० बढी देशमा संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । चीनबाट फैलिएकाे नाेबेल कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १०७ पुगेको छ । इटालीमा बुधबार मात्रै थप २८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    इटालीमा संक्रमितको संख्या ३ हजार ८९ पुगेको छ । बुधबार मात्रै इटालीमा थप ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । चीनपछि सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ ।



    फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै इटालीका प्रधानमन्त्री जिसेपे प्रधानमन्त्री कोन्टेले भाइरसको जोखिम न्यूनीकरणका लागि जिम्मेवार व्यवहारको महत्वपूर्ण भूमिका हुने बताएका छन्। ठूला भेला, जमघट र खेल प्रतियोगिताहरुमा नजाँदा संक्रमणको जोखिम कम हुने पनि उनले बताएका छन्।



    त्यस्तै कोभिड–१९ का कारण इरानमा ९२ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय २२ जनामा संक्रमण देखिएको छ। बुधबार थप १५ जनाको मृत्यु भएको छ भने ५ सय ८६ जनामा संक्रमण देखिएको छ।

    बिहीबार बिहानसम्म चीनमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ। बुधबार थप ३१ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ। बुधबार थप १६० जनामा संक्रमण भएको पनि स्वास्थ्य आयोगले जनाएको छ। बिहीबार बिहानसम्म चीनमा संक्रमितको संख्या ८० हजार ४ सय ३० पुगेको छ भने करिब ५२ हजार निको भएका छन्।

    चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा रहेका छन्। बिहीबार बिहानसम्म दक्षिण कोरियामा संक्रमितको संख्या ५ हजार ७ सय ६६ रहेको छ भने ३५ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले कोरोनाविरुद्धको लडाइँलाई युद्धको संज्ञा दिएका छन्।

    अमेरिकामा पनि कोभिड–१९ को संक्रमण र मृत्यु हुनेको संख्या बढिरहेको छ। अमेरिकामा बिहीबार बिहानसम्म ११ जनाको मृत्यु भएको छ भने १५८ जनामा संक्रमण देखिएको छ।त्यस्तै जापानमा १२ जनाको मृत्यु भएको छ भने एक हजार ३७ जनामा संक्रमण देखिएको छ।

    त्यस्तै कोभिड–१९ को संक्रमणबाट फ्रान्समा ४, स्पेन, हङकङ, अस्ट्रेलिया र इराकमा २–२ जनाको मृत्यु भएको छ भने थाइल्यान्ड, ताइवान, सान मारिनो र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ।

    बिहीबार बिहानसम्म विश्वका ८० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ का कारण ३ हजार २ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ९५ हजारभन्दा बढी संक्रमित रहेका छन्। ५३ हजारभन्दा बढी निको भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ । कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरानो भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा पनि देखिएको छ । कोइराल र इटलीमा पनि कोरोनाको संक्रमण बढी देखिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

    कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार